कक्षा १२ को परीक्षा बैशाख १४ गतेदेखि सञ्चालन हुने

कक्षा १२ को परीक्षा बैशाख १४ गतेदेखि सञ्चालन हुने

  • बुधबार, फाल्गुन ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 28.1K
    SHARES

यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको परीक्षा सार्वजनिक गरेको हो।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ।

सोही दिन नयाँ कोर्सको संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक संस्कृत रचनाको पनि परीक्षा हुने कार्यतालिकामा उल्लेख छ ।

वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि बोर्डले पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने जनाएको छ।

परीक्षाको तालिकाभित्र कुनै आकस्मिक बिदा परेमा परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित नगरिने बोर्डले जनाएको छ।

यसवर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ६० हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।

गत वर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ९६ हजार ३४७ र आंशिक तर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी