विश्वकपबाट बाहिरीसकेको नेपालले आज अन्तिम खेलमा स्कटल्याण्ड बिरुद्ध खेल्दै

विश्वकपबाट बाहिरीसकेको नेपालले आज अन्तिम खेलमा स्कटल्याण्ड बिरुद्ध खेल्दै

  • मङ्लबार, फाल्गुन ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा समूह चरणबाट बाहिरिसकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार स्कटल्यान्डविरुद्ध खेल्दैछ। समूह चरणको अन्तिम खेल मुम्बइको वानखेडे स्टेडियममा साँझ सवा ७ बजे सुरु हुनेछ।

सुरुवाती ३ खेलमा लगातार हार भोग्दै सुपर ८ दौडबाट बाहिरिसकेको नेपाली टोली मंगलबारको खेलमा स्कटल्यान्डविरुद्ध मैदान उत्रदा सुखद् अन्त्यको योजनामा छ। नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। दोस्रो खेलमा इटालीसँग १० विकेटको फराकिलो हार व्यहोर्यो। तेस्रो खेलमा वेस्ट इण्डिजसँग ९ विकेटको हार भोग्यो।

नेपालसँग खेल्नुअघि नै स्कटल्यान्ड पनि सुपर ८ को दौडबाट बाहिरिसकेको छ। सोमबार दिउँसो भएको खेलमा इंग्ल्यान्डले इटालीलाई २४ रनले हराउँदै सुपर ८ मा पुगेपछि स्कटल्यान्डको सम्भावना पनि सकिएको हो।

पहिलो खेलमा वेस्ट इण्डिजसँग ३५ रनले पराजित भएको स्कटल्यान्डले दोस्रो खेलमा भने इटालीलाई ७३ रनले हराएको थियो। समूह चरणको तेस्रो खेलमा इंल्यान्डसँग ५ विकेटको हार भोगेको थियो।

नेपाल रहेको समूहबाट वेष्ट इण्डिज र इंग्ल्यान्डले सुपर ८ मा स्थान बनाएपछि स्कटल्यान्ड, इटाली र नेपाल समूह चरणबाटै बाहिरिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी