विश्व कपको अन्तिम खेल अघि प्रशिक्षक पोथासले भने, नेपालले छिटो सिक्न सकिरहेको छैन

विश्व कपको अन्तिम खेल अघि प्रशिक्षक पोथासले भने, नेपालले छिटो सिक्न सकिरहेको छैन

  • सोमवार, फाल्गुन ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

नेपाल क्रिकेट टोलीका कन्सल्टेन्ट प्रशिक्षक निक पोथासले स्कटल्यान्ड विरुद्धको आगामी खेलअघि नेपालले छिटो सिक्न नसकेको प्रतिक्रिया दिएका छन्। मंगलबार भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टी-२० विश्वकप २०२६ को अन्तिम खेलमा स्कटल्यान्डससँग नेपालले साँझ सवा सात बजे भिड्दैछ।

तर नेपाल लगातार तीन खेलमा पराजित हुँदै सुपर ८ दौडबाट बाहिरसकेको छ।

स्कटल्यान्डसँगको खेलअघि उनले भने, ‘हामीले जति छिटो सिक्नुपर्ने हो, त्यति छिटो सिकिरहेका छैनौँ। स्कटल्यान्डविरुद्धको खेलमा खेलाडीहरूले राम्रो प्रतिस्पर्धा गरेको र एउटै गल्ती पटक(पटक नदोहोऱ्याएको हेर्न चाहन्छौँ। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’

उनले कप्तान रोहित पौडेलको भनाइलाई समेत उल्लेख गर्दै थपे, ‘कप्तान रोहितले पनि भने जस्तै हामीले हरेक दिन सिकिरहेका छौँ, हामी पुराना मान्छेले त दिनदिनै नयाँ कुरा सिक्छौँ भने खेलाडीहरूबाट अझ छिटो सिक्ने अपेक्षा राख्छौँ। तर एउटा गाह्रो पक्ष के छ भने, हाम्रा खेलाडीहरूले विभिन्न कन्डिसन र उच्च स्तरको क्रिकेट खेल्ने धेरै अवसर पाएका छैनन्। नेपालका पिचहरू उनीहरूको खेल शैलीलाई सुहाउने खालका छन् र त्यहाँ थोरै कमजोरी हुँदा पनि खेल जित्न सकिन्छ। तर विश्वकपमा साना गल्तीहरूले ठूलो असर पार्छन्। स्कटल्यान्डका खेलाडीहरूलाई हामी राम्ररी चिन्छौँ। हामी चाहन्छौँ कि हाम्रा खेलाडीहरू अझ सोचविचार गरेर खेलुन्। हाम्रो टोली धेरै ऊर्जावान र समर्थकहरूको ठूलो साथ छ। त्यसैले हामी ती समर्थकहरूका लागि यो विश्वकपमा एउटा सुखद सम्झना छोड्न चाहन्छौँ।’

उनले टोलीले एकरुपको प्रदर्शन गर्नु पर्नेमा पनि जोड दिए। उनले भने, ‘इंग्ल्याण्ड विरुद्धको खेलमा हामीले आफ्नो योजनालाई राम्ररी मैदानमा उतार्न सकेका थियौँ। तर इटालीविरुद्धको खेलमा हामीले योजना अनुसार खेल्न सकेनौँ। यो धेरै सरल छ— एउटा राम्रो खेल खेल्दैमा तपाईं उत्कृष्ट टोली बन्नुहुन्न। उत्कृष्ट खेलाडी वा टोली बन्नको लागि प्रदर्शनमा निरन्तरता चाहिन्छ। स्कटल्यान्डविरुद्ध राम्रो नतिजा निकालेर र सकारात्मक ऊर्जाका साथ विश्वकपबाट बिदा हुन पाउँदा राम्रो हुनेछ, जसले आगामी ५० ओभरका खेलहरूका लागि पनि आत्मविश्वास बढाउनेछ।’

प्राविधिक टोली मजबुत बनाउने विषयमा उनले नेपाल क्रिकेट संघ ९क्यान० सँग छलफल आवश्यक रहेको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी