मलङ्गवा । सर्लाही सदरमुकाम मलङ्गवामा पूर्वाधार विकास कार्यालयका सब इन्जिनियर प्रमोद कुमार यादवलाई गोली हानी हत्या गरिएको छ।
मलङ्गवा–१० स्थित भाडाको घरमा बस्दै आएका यादवलाई मोटरसाइकलमा आएका अपरिचित हतियारधारी व्यक्तिले गोली हानी हत्या गरेको हो। राति करिब ८ बजे यादवमाथि गोली प्रहार गरिएको हो। गोली यादवको बायाँ छातीमा लागेको छ। कोठामा बसिरहेको अवस्थामा हतियारधारी व्यक्तिले फोन गरी कम्पाउण्ड बाहिर बोलाएर गोली हानेको प्रहरीले जानकारी दिएको छ।
गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवामा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। यादव सिरहा जिल्लाका सुखिपुर नगरपालिकाबासी हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline