दीपेन्द्रको अर्धसतकमा वेष्ट ईन्डिज बिरुद्ध नेपालले जोड्यो १३३ रन

दीपेन्द्रको अर्धसतकमा वेष्ट ईन्डिज बिरुद्ध नेपालले जोड्यो १३३ रन

  • आइतवार, फाल्गुन ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

दीपेन्द्र सिंह ऐरीको अर्धशतक सहयोगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेष्ट इण्डिजसामु १ सय ३४ रनको लक्ष्य दिएको छ।

मुम्बईको वानखेडे स्टेडियममा वेष्ट इण्डिजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोे नेपाल निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रनको योगफल तयार पारेको हो।

सातौँ विकेटका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरिले ५४ रनको साझेदारी गरेपछि नेपाली टोली सम्हालिएको थियो।

दीपेन्द्रले बनाएको ५८ रन नै नेपाली टोलीका लागि सर्वाधिक रह्यो। ४७ बलमा ३ चौका र ३ छक्का सहयोगमा ५८ रन बनाएका दिपेन्द्र जेसन होल्डरको बलमा क्याच आउट हुन पुगे। दिपेन्द्रले ४४ बलमा ३ चौका २ छक्का सहयोगमा अर्धशतक सहयोगमा अर्धशतक पूरा गरे। नेपाली टोलीका लागि दिपेन्द्रको यो ११ औँ अर्धशतक हो। जारी विश्वकपमा नेपाली खेलाडीको यो पहिलो अर्धशतक हो।

समग्रमा नेपालका लागि यो विश्वकपमा हानेको दोस्रो अर्धशतक हो। यसअघि नेपालले सन् २०१४ मा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक हानेका थिए।

सोमपाल कामी २६ रनमा अविजित रहे। उनले उनले १५ बलमा ४ चौका हाने।

१५ ओभरमा ६–७३ को अवस्थामा रहेको नेपालका लागि दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए।नेपालले १७।४ ओभरमा ६ विकेट गुमाउँदा १ सय रन पूरा गरेको थियो।

शीर्षक्रमका ब्याटरले वेष्ट इण्डिजविरुद्ध गैर जिम्मेवारी ब्याटिङ गरेपछि नेपाली ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।

नेपाल ४।१ ओभरमा ३–१७ को अवस्थामा थियो। पावर प्लेमा नेपालले ३ विकेटको क्षतिमा २२ रन बनाएको थियो।

लोकेश बम १५ बलमा २ चौका सहयोगमा १३ रनबनाउँदा क्याच आउट भए। गुल्सन झा ११ रन बनाउँला रोष्टन चेसको बलमा बोल्ड भए।आरिफ शेख ८ बलमा २ रन बनाउँदा जेसन होल्डरको बलमा क्याच आउट भए।

ओपनर कुशल भुर्तेल ३ बलमा १ रन बनाउँदा अकिल होसैनको बलमा बोल्ड आउट भए। आशिफ शेख १० बलमा २ चौका सहयोगमा ११ रन बनाउँदा जेसन होल्डरको बलमा क्कयाच आउट भए। कप्तान रोहित पौडेल ७ बलमा १ चौका सहयोगमा ५ रन बनाउँदा म्याथु फोर्डको बलमा एलबीडब्लु धरापमा परे। करण केसी १ रनमा आउट भए।

वेष्ट इण्डिजका लागि जेसन होल्डरले चार विकेट लिए। अकिल होसेन, म्याथु फोर्ड, समर जोसेप र रोष्टन चेसले समान एक विकेट आफ्नो नाममा लिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी