आज वेष्ट ईन्डजसँग भीड्दै नेपाल

आज वेष्ट ईन्डजसँग भीड्दै नेपाल

  • आइतवार, फाल्गुन ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

आईसीसी टी–२० विश्वकपअन्तर्गत आज समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल दुईपटक विश्वकप जितेको वेस्ट इन्डिजसँग भिड्दै छ। भारतको मुम्बईस्थित वानखेडे रगंशालामा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

यसअघिका २ खेलमा लगातार पराजित नेपाली क्रिकेट टोली आज बलियो टोली वेस्ट इन्डिजलाई हराउँदै पहिलो जित दर्ता गराउने दाउमा हुनेछ। पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भए पनि नेपालको प्रदर्शनको प्रशंसा भएको थियो। तर दोस्रो खेलमा नेपालले इटालीसँग १० विकेटको फराकिलो हार बेहोर्‍यो। जसलाई लज्जास्पद अवस्था मानियो। आजको खेल पनि हारेमा नेपाल सुपर ८ मा पुग्ने सम्भावना सकिनेछ।

उता वेस्ट इन्डिज भने आज नेपाललाई जिते एक खेलअगावै सुपर ८ मा पुग्नेछ।

यसअघि यूएईमा भएको ३ खेलको टी–२० सिरिजमा वेस्ट इन्डिज नेपालसँगै २–१ ले पराजित भएको थियो। त्यो बेला वेस्ट इन्डिज टोलीका कप्तान रहेका अकिल हुेसन र जेसन होल्डर पनि आइतबार नेपालसँग हुने प्रतिस्पर्धामा सहभागी हुँदै छन्।

यी दुई खेलाडी नेपाली खेलाडीका विषयमा जानकार छन्। समूह सीमा रहेका टोलीमध्ये लगातार दुई खेल हार्ने नेपाल मात्र हो। सुरुवातका २ खेल जितेर वेस्ट इन्डिज ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। २ खेलमा जित र एक खेलमा हार गरेको इङ्ग्ल्यान्ड पनि ४ अंककै साथ तालिकाको दोस्रो स्थानमा छ।
यस्तै एक खेलमा जित र २ खेलमा हार गरेको स्कटल्यान्ड २ अंकसहित तेस्रो स्थानमा छ भने एक जित र एक हार भोगेको इटाली २ अंकका साथ तालिकाको चौथो स्थानमा छ।

यसैबिच विश्वकपअन्तर्गत आजै चेन्नइमा हुने खेलमा नामिबिया र अमेरिका भिड्दै छन्।

आजको अन्तिम खेलमा बहुप्रतीक्षित भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै छन्।

विश्वकप क्रिकेटमा एकअर्काका चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिचको भिडन्त श्रीलंकाको कोलोम्बोमा नेपाली समयअनुसार साँझ सवा ७ बजे सुरु हुनेछ। यसअघि भारतसँग नखेल्ने घोषणा गरेको पाकिस्तान पछि मात्रै सहभागी हुन सहमत भएको थियो।

समूह एमा रहेका भारत र पाकिस्तानले अहिलेसम्म बराबर २ खेलमा जित हासिल गरेका छन्।समान ४ अंक भए पनि नेट रनरेटमा अघि रहँदै भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी