टी–२० विश्वकपमा नेपालले आज ईटाली बिरुद्ध खेल्दै, सुपर ८ मा पुग्ने संभावना कायम राख्न आज जित्नै पर्ने

टी–२० विश्वकपमा नेपालले आज ईटाली बिरुद्ध खेल्दै, सुपर ८ मा पुग्ने संभावना कायम राख्न आज जित्नै पर्ने

  • बिहिबार, माघ २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

जारी आईसीसी टी–२० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा आज ईटाली बिरुद्ध खेल्दै छ । इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने रणनीतिमा छ ।

नेपालले शानदार खेलका बाबजुद अन्तिम ओभरमा रन जोड्न नसक्दा ईङल्याण्डसँग ४ रनको झिनो अन्तरले पराजित भएकाले सुपर ८ मा पुग्ने संभावना कायम राख्न आज जीत निकाल्नै पर्ने दबाब छ ।

भारतस्थित मुम्बइको वानखेडे क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुने छ ।

नेपाल तेस्रोपटक विश्वकप क्रिकेटमा सहभागी भएको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप क्रिकेट खेलिसकेको छ।

नेपालले पहिलोपटक विश्वकप खेल्दा हङकङलाई ८० रन र दोस्रो खेलमा अफगानिस्तानलाई ९ रनले हराएको थियो।

इटाली जारी विश्वकपमा आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले हारेको छ। यो समूहमा लगातार दोस्रो दोस्रो जित हासिल गर्दै वेस्ट इन्डिज ४ अंकसहित शीर्ष स्थानमा छ। एक खेलमा जित र एकमा हार गरेको स्कटल्यान्ड दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा छन्।

समान २–२ अंक भए पनि नेट रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा भएका हुन्। समूह चरणका खेलबाट शीर्ष स्थानमा पुग्ने २ टोलीले सुपर ८ मा स्थान बनाउनेछन्।

माघ २४ देखि भारत र श्रीलंकामा एकसाथ सुरु टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी