हाईप्रोफाईल व्यक्तिहरुलाई सफाया गर्ने धम्की दिने पाठकलाई फिलिपिन्सबाट नेपाल ल्याईयो

हाईप्रोफाईल व्यक्तिहरुलाई सफाया गर्ने धम्की दिने पाठकलाई फिलिपिन्सबाट नेपाल ल्याईयो

  • बुधबार, माघ २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 19.6K
    SHARES

काठमाडौँ । अख्तियार प्रमुख प्रेमकुमार राई सहितका हाई प्रोफाइललाई धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ९इन्टरपोल० को सहयोगमा उनलाई पक्राउ गरेर नेपाल ल्याइएको हो ।

काभ्रे घर भएका पाठकलाई बुधबार नेपाल ल्याइएको काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए । पाठकविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गरिएको थियो ।

नोटिस जारी भएपछि उनी फिलिपिन्समा लोकेट भएका थिए । पाठकले अख्तियार प्रमुख प्रेमकुमार राई सहित १० जना हाई प्रोफाइललाई धम्की दिएका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै उनी भारत, इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए । उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकलाई लिन प्रहरीको इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना इन्स्पेक्टर फिलिपिन्स गएका थिए ।

पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर उनले लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा,ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए ।

प्रकाश पाठकसँग ‘कनेक्सन’ मा देखिएका ३ जनालाई प्रहरीले यसअघि पक्राउ गरेको थियो । प

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी