ईङल्याण्ड बिरुद्ध जितको नजिक पुगेर चुक्यो नेपाल

ईङल्याण्ड बिरुद्ध जितको नजिक पुगेर चुक्यो नेपाल

  • आइतवार, माघ २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

२५ माघ, मुम्बई । नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जीतको नजिक पुगेर इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।
इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १० रन चाहिँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि जित निस्कन भने सकेन ।
१८५ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तर चौथो ओभरमा आसिफ शेख आउट भएपछि नेपालले लगत्तै छैटौं ओभरमा कुशल भुर्तेललाई पनि गुमायो । भुर्तेलले १७ बल खेल्दै ४ चौका र १ छक्का मदतमा २९ रन जोडे ।

दुवै ओपनर आउट हुँदा नेपाल ४२(२ को स्थितीमा थियो । त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपालको इनिङ्स अघि बढाए । यो जोडीले तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । यो साझेदारीले इंग्लयाण्डलाई कुनै बेला दबामा राखेको थियो ।

तर १५औं ओभरमा दीपेनेद्रलाई साम करनले आउट गरेपछि नेपालले तेस्रो विकेट गुमायो । नेपालक लागि टी२०आईमा २ हजार रनर पूरा गर्ने पहिलो खेलाडी बनेका दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्का मदतमा ४४ रन बनाए । उनले ४४ रन बनाएपछि टी२०आईमा १ हजार रन पूरा भएको हो ।

लगत्तै कप्तान रोहित पनि ३९ रन बनाएर आउट भए । ३४ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । आरिफ शेखले ८ बलमा १० रन बनाए ।

बलिङमा इंग्ल्याण्डका लागि लियम डसनले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाउँदै नेपाललाई १८५ रनको लक्ष्य दिएको हो ।

इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ३५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए । कप्तान ह्यारी ब्रूकले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए । विल ज्याक्सले १८ बलमा अविजित ३९ रन बनाए । उनले १ चौका र ४ छक्कासहित फिनिसिङ गरे ।
ओपनर फिल साल्टलाई नेपालका शेर मल्लले आफ्नो पहिलो बलमै आउट गर्दा इंग्ल्याण्डले चाँडै पहिलो विकेट गुमाएको थियो । ५७(३ को अवस्थामा रहेको स्थितिमा बेथेल र कप्तान ब्रूकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इंग्लिस इनिङ्स सम्हालेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी