नेपाललाई ईङल्याण्डले दियो १८५ रनको लक्ष्य

नेपाललाई ईङल्याण्डले दियो १८५ रनको लक्ष्य

  • आइतवार, माघ २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

भारत र श्रीलंकामा जारी टी–२० विश्वकपको पहिलो खेलमा नेपाललाई ईङल्याण्डले १८४ रनको लक्ष्य दिएको छ ।

भारत मुम्बईको बाङखडे रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको ईङल्याडले पुरै २० ओभरमा ७ विकेट गुमाएर १८४ रन जोडेको हो ।

ईङल्याण्डका लागि ज्याकोब बेथेलले सर्वाधिक ५५ रन बनाए भने ह्यारी ब्रुकले ५३ जोड्न सफल भए ।

यसै गरी विल ज्याक्सले अविजित ३९ रन जोड्दा जो बट्लरले २६ रन जोडेका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले दुई दुई तथा नन्दन यादव र आज डेब्यु गरेका शेर मल्लले एक एक विकेट लिए ।

नेपालले अब केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी