प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

  • आइतवार, माघ २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौँ, २५ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज मुम्बईको वानखेडे स्टेडियममा इङ्ल्यान्डसँग हुने ऐतिहासिक टी–२० विश्वकप खेलमा विजयका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले विजयको शुभकामना व्यक्त गर्दै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले मैदानमा नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउने अपेक्षा गरिएको बताउनुभएको छ ।

आइसिसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग विश्वभरका प्रशंसकहरूको समर्थन रहेको छ । विगतमा टोलीले देखाएका चमत्कार र सफलताले आजको खेल अझ विशेष बनाएको छ ।

सिङ्गो राष्ट्रका तर्फबाट प्रधानमन्त्रीले नेपाली खेलाडीलाई हार्दिक शुभकामना व्यक्त गर्दै ‘विजयी भवः’भन्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी