नेपाली टिमले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर विश्वभर नेपाली झण्डा फहराउन प्रचण्डको शुभकामना

नेपाली टिमले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर विश्वभर नेपाली झण्डा फहराउन प्रचण्डको शुभकामना

  • आइतवार, माघ २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर नेपालको झण्डा विश्वभर फहराउनेमा विश्वास व्यक्त गरेका छन्।

टी–२० विश्वकपमा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको बताएका हुन्।

उनले भनेका छन्, ‘जारी टि–२० विश्वकपमा आज हाम्रो गौरवशाली राष्ट्रिय टिमले इङ्ग्ल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ।

अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा विश्वभर फहराउनेमा म पूर्ण विश्वस्त छु। खेलाडीहरूको अथक परिश्रम, एकताबद्ध टिम स्पिरिट र मातृभूमिप्रतिको गहिरो समर्पणले हामी सबैलाई गर्व अनुभूति गराउँछ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी