नेपाल रहेको समुह सीबाट वेष्ट ईन्डिजको बिजयी शुरुवात

नेपाल रहेको समुह सीबाट वेष्ट ईन्डिजको बिजयी शुरुवात

  • शनिबार, माघ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

रोमारियो सेफर्डले ह्याट्रिक विकेट लिएपछि वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ। उसले स्कटल्यान्डविरुद्ध ३५ रनको जित निकालेको हो।

शनिबार भारतको कोलकातास्थित इडेन गार्डेन रंगशालामा वेस्ट इन्डिजले प्रस्तुत गरेको १८३ रनको लक्ष्य स्कटल्यान्डले १८।५ ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो।

स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले ४२ रन बनाए। उनले २४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। टम ब्रुसले २८ बलमा एक चौका र दुई छक्कासहित ३५ रन थपे। ओपनर जर्ज मन्सीले १५ बल खेल्दा तीन चौकासहित १९ रन जोडे।

स्कटल्यान्डलाई रोक्न वेस्ट इन्डिजका सेफर्डले घातक बलिङ गरे। उनले १७औँ ओभरमा ह्याट्रिक विकेट लिएका थिए। टी–२० विश्वकपको इतिहासमा यो १०औँ ह्याट्रिक हो।

उनले १७औँ ओभरको दोस्रो बलमा म्याथ्यु क्रसलाई, तेस्रो बलमा माइलक लास्कलाई र चौथो बलमा ओलिभर डेविडसनलाई आउट थिए। उनले तीन ओभरमा २० रन खर्चिएर पाँच विकेट लिए। जासन होल्डरले तीन विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८२ रन बनाएको थियो। वेस्ट इन्डिजका सिमरोन हेटमायरले ६४ रन बनाए। उनले ३६ बलमा दुई चौका र ६ छक्का प्रहार गरे।

ओपनर ब्रान्डन किंगले ३५ रन जोडे। सेरफेन रदरफोर्डले २६ रनको योगदान गरे। स्कटल्यान्डका ब्राड क्युरीले दुई विकेट लिए। प्रतियोगितामा वेस्ट इन्डिज र स्कटल्यान्ड समूह ‘सी’मा छन्। यो समूहमा यी दुईसँगै नेपाल, इटाली र इंग्ल्यान्ड छन्।

नेपाल पनि यही समुहमा रहेको छ र नेपालले पहिलो खेलमा ईग्ल्याण्ड बिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी