साफ यू–१९ च्याम्पियनसिपको उपाधी भारतलाई

साफ यू–१९ च्याम्पियनसिपको उपाधी भारतलाई

  • शनिबार, माघ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

पोखरा । साबिक विजेता बंगलादेशलाई ४–० ले पराजित गर्दै भारतले साफ यू(१९ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा भारतले चामत्कारिक खेल प्रदर्शन गर्दै उमेर समूहमा तेस्रोपल्ट उपाधि हात पारेको हो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा ३ गोल थप्दै गोल अन्तर फराकिलो बनायो । यसअघि बंगलादेशले लिग चरणमा भुटानलाई १२–०, भारतलाई २–० र नेपाललाई ४–० ले हराएर ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो ।

भारतले भने नेपाललाई १–० र भुटानलाई ८–० ले हराएर ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो ।
महिला उमेर समूहमा यसअघि बंगलादेश तीनपल्ट च्याम्पियन बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी