टी–२० विश्वकपको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हराउँदै विजयी सुरुवात गर्यो।
१४८ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। फहिम अशरफले ११ बलमा तीन छक्का र दुई चौकासहित अविजित २९ रन प्रहार गरे। साहिवजादा फरहानले ४७, साइम अयुवले २४ रन जोडे।
नेदरल्यान्ड्स १९।५ ओभरमा १४७ रनमा अलआउट भयो। कप्तान स्कट इडवार्ड्सले ३७ र बास डी लिडेले ३० रन बनाए। पाकिस्तानका बलरमध्ये सलमान मिर्जाले तीन विकेट लिए भने साइम अयुव, मोहम्मद नवाज र अबरार अहमदले दुई–दुई विकेट हात पारे।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline