टी–२० विश्वकप आजबाट शुरु हुँदै, उद्घाटन खेल भारत र अमेरीकाबीच

टी–२० विश्वकप आजबाट शुरु हुँदै, उद्घाटन खेल भारत र अमेरीकाबीच

  • शनिबार, माघ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

आइसिसी टी–२० विश्वकप क्रिकेट आजदेखि सुरू हुँदैछ। भारत र श्रीलंका आयोजक रहने विश्वकपको पहिलो खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुँदैछ। शनिबार बेलुकी नेपाली समयअनुसार सवा ७ बजे आयोजक राष्ट्र भारत र अमेरिका उद्घाटन खेलमा भिड्दैछन्। उद्घाटन खेलअघि वानखेडे स्टेडियममा भव्य उद्घाटन समारोह हुँदैछ।

साँझ ६ : १५ बजे देखि सुरु हुने यो समारोहमा संगीत र नृत्यको विशेष प्रस्तुति रहनेछ। त्यसपछि विश्वकपको ट्रफीलाई मैदानमा भित्र्याइनेछ।

समारोहको सुरुवात ऋषभ शर्मा र शिवमणिको सांगीतिक प्रस्तुतिबाट हुनेछ। त्यसपछि सबैलाई अचम्मित पार्दै एक ुजेटप्याकु कलाकारले विश्वकप ट्रफीलाई उड्दै स्टेडियमभित्र ल्याउनेछन्।

सहभागी २० वटै देशका बालबालिकाहरूसँगै मिलेर उनीहरूले आधिकारिक रूपमा विश्वकप सुरु भएको घोषणा गर्नेछन्।

त्यसपछि चर्चित गायक बादशाह र कलाकार नोरा फतेहीले आफ्नो दमदार गायन र नृत्य प्रस्तुत गर्नेछन्। धेरै कलाकारहरूको साथमा उनीहरूले समारोहको अन्त्यमा संयुक्त प्रस्तुति दिनेछन्।

यो समारोहलाई टी–२० क्रिकेटको गति र उत्साह झल्किने गरी तयार पारिएको छ। कार्यक्रमको अन्त्यमा भव्य आतिशबाजी गरिनेछ र बेलुकी ७ः १५ बजेदेखि भारत र अमेरिकाबीचको खेल सुरु हुनेछ। श्रीलकामा आजै पाकिस्तान र नेदरल्याण्डस्बीच पनि खेल हुनेछ ।

यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।

नेपालले पहिलो खेल इंग्ल्यान्डसँग भोली खेल्नेछ।

नेपाली टोली

रोहित पौडेल (कप्तान ) , दीपेन्द्रसिंह ऐरी (उपकप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी