अण्डर–१९ साफ महिला च्याम्पियनसिपमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

अण्डर–१९ साफ महिला च्याम्पियनसिपमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

  • शनिबार, माघ १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ।

पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बङ्गलादेश र भुटान अपराह्न १२ बजे भिड्दैछन्।

यसैगरी घरेलु टोली नेपालले पनि आजै भारतसँग पहिलो खेल खेल्दैछ। नेपाल र भारत दिउँसो ३ बजे आमनेसामने हुँदैछन्।

पोखरामा पहिलोपटक आयोजना भएको साफ महिला फुटबलमा चार देशले सहभागिता जनाएका छन्।

दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ०को समन्वय तथा अखिल नेपाल फुटबल संघ ९एन्फा०को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितालाई दर्शकहरुको सहजताका लागि सामान्य प्यारापिटतर्फ २०० र भिआइपीतर्फ रु ५०० को टिकटको व्यवस्था गरिएको एन्फाले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी