मध्यावधि निर्वाचन ०८२: पश्चिम नवलपरासीमा १२२ मतदान स्थल, कडा सुरक्षा व्यवस्था

मध्यावधि निर्वाचन ०८२: पश्चिम नवलपरासीमा १२२ मतदान स्थल, कडा सुरक्षा व्यवस्था

  • बुधबार, माघ १४, २०८२
  • रबिन्द्र यादव

  • 3K
    SHARES

पश्चिम नवलपरासी १३ माघ । प्रतिनिधी सभा सदश्य निर्वाचन ०८२ लाई लक्षित गर्दै पश्चिम नवलपरासी जिल्लामा कडा सुरक्षा व्यवस्था अपनाइने भएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी बिरदत्त पन्तका अनुसार निर्वाचन क्षेत्र नं. १ र २ मा कुल १२२ वटा मतदान स्थल तोकिएका छन्।

ती मतदान स्थलअन्तर्गत २९७ वटा मतदान केन्द्र रहनेछन्। सुरक्षा संवेदनशीलताको आधारमा ५३ वटा मतदान स्थल सामान्य, ५७ वटा संवेदनशील र १२ वटा अति संवेदनशील सूचीमा राखिएको छ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन ८०० भन्दा बढी नेपाल प्रहरी, १५०० भन्दा बढी म्यादी प्रहरी, साथै सशस्त्र प्रहरी बल र नेपाली सेना समेतको सहभागितामा संयुक्त सुरक्षा योजना कार्यान्वयन गरिने सूचना अधिकारी पन्तले जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ