नेपाललाई स्कटल्याण्डको १४१ रनको चूनौती

नेपाललाई स्कटल्याण्डको १४१ रनको चूनौती

  • सोमवार, माघ १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौँमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत स्कटल्यान्डले नेपालसामु जितका लागि १ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डस निर्धारित २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो। नेपालका लागि मनीषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन्।

ग्लोबल छनोटमा पहिलो खेल खेलेकी मनीषाले आफ्नो ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन्।

रुबिना क्षेत्रीले ३ विकेट लिइन्। उनले ४ ओभरमा २३ रन दिइन्।

रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एकरएक विकेट आफ्नो नाममा गरे।

मनीषा उपाध्यायले पहिलो ओभरमै २ विकेट लिँदै नेपाललाई उत्कृष्ट सफलता दिलाएकी छन्।

मनीषाले ओभरको दोस्रो बलमा ओपनर क्याथेरिन फ्रासर र चौथो बलमा डेर्सी कार्टरलाई पेभेलियनको बाटो देखाइन्।

स्कटल्यान्डका लागि प्रियानाज चट्टेर्जीले सर्वाधिक ४५ रनमा अविजित रहिन्। एल्सा लिस्टरले २२, सराह वर्सीले १८ र मेगन मेकोलले १७ रन थपिन्।

अहिले नेपालले जवाफी ब्याटिङ गरीरहेको छ । सुपर सिक्समा पुग्न आज नेपालले राम्रो रनरेट सहित जीत निकाल्नु आवस्यक रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी