नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित

नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित

  • आइतवार, माघ ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 41.3K
    SHARES

काठमाडौँ, ११ माघः नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित भएका छन् ।

विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीको प्रमुख आतिथ्यमा आज यहाँ आयोजित समारोहमा विज्ञान, स्वास्थ तथा प्रविधि सङ्काय, सामाजिक शास्त्र तथा शिक्षा सङ्काय र व्यवस्थापन तथा कानुन सङ्कायका गरी पाँच सय ४५ उत्तीर्ण विद्यार्थी दीक्षित भएका हुन् । तीमध्ये समारोहमा एक सय ९१ जनाको उपस्थिति थियो ।

प्रधानमन्त्री कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गर्नुभयो । समारोहमा शिक्षाविद एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि रहनुभएको छ । विसं २०७३ मा स्थापित विश्वविद्यालयले हाल स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा अध्यापन गराउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी