नेपालले जिम्वावेलाई ६ विकेटले हरायो

नेपालले जिम्वावेलाई ६ विकेटले हरायो

  • शनिबार, माघ १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा जिम्बाबेलाई पराजित गरेसँगै घरेलु टोली नेपालले सुपर( ६ पुग्ने सम्भावना कायमै राखेको छ ।

शनिबार भएको खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो। लगातार चौथो खेलमा हार भोगेसँगै जिम्बाबे समूह चरणबाट अंकविहीन रुपमा बाहिरिएको छ।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले तथा नेदरल्यान्डससँग २ रनले पराजित भएको थियो।
नेपालले अब सुपर–६ खेल्न पुग्न समूह चरणको अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्नेछ। नेपालले सो खेलमा स्कटल्यान्डलाई हराउँदै नेट रनरेटनमा बलियो रहे सुपर–६ खेल्न सक्नेछ।

जिम्बाबेले दिएको १ सय ३० रनको लक्ष्य नेपालले ३ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि उपकप्तान पुजा महतो ५२ र रुविना क्षेत्री २ रनमा अविजित रहे। पुजाले ५० बलमा ४ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरिन्।

ओपनर विन्दु रावल १५ रनमा एलबीडब्लु धरापमा परिन्। कप्तान इन्दु बर्मा २२ रन बनाउँदा बोल्ड आउट हुन पुगिन्। सिता रानामगर ११ रन बनाउँदा रिटायर्ड हर्ट भइन्।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि रिया शर्माले २ विकेट लिइन्। कविता कुवँर, पुजा महतो, सिता रानामगर र रुविना क्षेत्रीले समान एक विकेट आफ्नो नाममा गरे। जिम्बाबेका लागि केलिस ध्लोबुले सर्वाधिक ५२ रन बनाइन्। विलभ्ड विजाले ३४ रन बनाए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी