नेपाल जित नजिक पुगेर नेदरल्याडस्सँग पराजित , सुपर सिक्सको संभावना कमजोर

नेपाल जित नजिक पुगेर नेदरल्याडस्सँग पराजित , सुपर सिक्सको संभावना कमजोर

  • बिहिबार, माघ ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

आईसीसी महिला विश्वकप ग्लोबल छनोटमा जित नजिक पुगेर पनि नेदरल्याण्डस्सँग २ रनले पराजित भएको छ ।
लगातार दोस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीमो सुपर सिक्स पुग्ने सम्भावना कमजोर बनेको छ।

एक समय जित नजिक पुगेको नेपाली टोली नेदरल्यान्ड्सँग २ रनले पराजित भएको छ। लगातार तेस्रो जितसँगै नेदरल्यान्ड्स सुपर सिक्समा पुगेको छ।

नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको बलियो लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३८ रन मात्र बनाउन सक्यो। नेपालका लागि रुविना क्षेत्री ३७ र सीता रानामगर २७ रनमा अविजित रहे। रुविनाले ३२ बलमा ५ चौका प्रहार गरिन्।

योसँगै रुविनाले टी–२० आइमा १ हजार रन पूरा गरेकी छिन्। रुविनाले ३३ रन बनाउँदा १ हजार रन पूरा गरिन्। नेपालबाट टी–२० आइमा १ हजार रन पूरा गर्ने रुविना दोस्रो खेलाडी हुन्।

एक समय १६.२ ओभरमा ७–९३ को स्थितिमा थियो। तर आठौँ विकेटका लागि रुविना र सीताले ४५ रनको साझेदारी गरेपछि जितको आशा पलाएको थियो। अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा ११ रन मात्र बनाएपछि नेपाल जितनजिक पुगेर पनि टाढिएको हो।

बिन्दु रावलले १८ र सम्झना खड्काले १४ रन थपिन्। कविता जोशीले १३ रन बनाइन्। पुजा महतो ८ र इन्दु बर्मा ६ रनमा आउट भए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४० रनको योगफल तयार पारेको थियो।

बबेटे डे लिडेले सर्वाधिक ४९ रन बनाउँदा रुविना क्षेत्रीको बलमा कट एण्ड बोल्ड भइन्। स्टेरे कालिसले ३० रन बनाउँदा रिया शर्माको बलमा बोल्ड आउट भइन्। नेपालले दोस्रो ओभरमा नै नेदरल्यान्ड्स दुई विकेट लिँदै दबाबमा राखेको थियो।

पहिलो ओभरमो चौथो बलमा ओपनर पेभे मोल्केबोइर शून्य रनमा नै सुमन विष्टको बलमा सम्झना खड्काको हातबाट क्याच आउट हुन पुगिन्।

दोस्रो ओभरको तेस्रो बलमा अर्की ओपनर हेइदर साइजर्स १३ बलमा पुजा महतोको बलमा रुविना क्षेत्रीको हातबाट क्याच आउट भइन्।

नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन्। सुमन विष्ट, पूजा महतो र रिया शर्माले समान एक विकेट लिए।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो। समूह चरणको तेस्रो खेलमा नेपालले शनिबार जिम्बाव्बेसँग खेल्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी