नेपाललाई नेदरल्याण्डस्को १४१ रनको चूनौती

नेपाललाई नेदरल्याण्डस्को १४१ रनको चूनौती

  • बिहिबार, माघ ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको समूह बीअन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको हो।

नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डी लीडीले सर्वाधिक ४९ रन बनाइन्। उनले ४७ बलमा ७ चौका प्रहार गरिन्। उनले तेस्रो विकेटका लागि कालिससँग ७९ रनको साझेदारी गर्दै टिमको स्कोर अगाडी बढाएकी थिइन्।

ओपनरद्वय सहजै पेभेलियन फर्किदा कप्तान लीडीले क्रिज सम्हालेकी थिइन्। स्टेअर कालिस ३० रन बनाउँदै रिया शर्माको बलमा बोल्ड भइन्। ओपनर हिएथर सिर्गसले १३ रन बनाइन। अर्की ओपनर फिबी मोल्खेन्बोर डकआउट भइन्। फेड्रिक ओभरडिज्क ५ रनमा एलबीडब्ल्यू हुँदै पेभेलियन फर्किएन् । रोबिन रिज्के १९ र इरिस विलिङ १४ रनमा अविजित रहे।

नेपालका लागि बलिङ तर्फ रुबिना क्षेत्रीले सर्वाधिक २ विकेट लिइन्। सुमन विष्ट, पुजा महतो र रिया शर्माले १–१ विकेट लिइन्। नेपालले पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटको हार बेहोरेको थियो।

नेदरल्यान्ड्सले भने हालसम्म २ खेलमा २ जित दर्ता गर्दै अपराजित रहेको छ। नेदरल्यान्ड्सले जिम्बावे र स्कटल्यान्डलाई पराजित गरेको थियो। नेदरल्यान्ड्सले पहिलो खेलमा जिम्बावेलाई २२ रन र स्कटल्यान्डलार्य ७ रनले पराजित गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी