एसइई परीक्षा १९ चैतदेखि

एसइई परीक्षा १९ चैतदेखि

  • बिहिबार, माघ ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 31K
    SHARES

माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी १९ देखि २९ चैतसम्म सञ्चालन हुने भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उक्त मितिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

हरेक वर्ष चैत पहिलो सातादेखि परीक्षा सञ्चालन गर्नुपर्ने भए पनि यसपटक २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण परीक्षा केही दिन पर धकेलिएको बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए।

उनका अनुसार बोर्डले बुधबार परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ। एसइईको पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी