६ माघ, काठमाडौं । मेडिकल व्यवसायी तथा धर्म, संस्कृति, नागरिक, राष्ट्रियता बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।
सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका उनलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो ।
निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर कांग्रेसको विशेष महाधिवेश पक्ष गगनकुमार थापा नेतृत्वलाई वैधता दिएको आरोप प्रसाईंले लगाएका थिए ।
प्रसाईँ यसअघि पनि दुई पटक सार्वजनिक शान्ति सुरक्षा खलाल पुर्याएकाे, ज्यान मार्ने उद्याेग कसुर गरेकाे अभियाेगमा पक्राउ पर्दा धराैटीमा रिहा भएका थिए । उनी संवैधानिक राजतन्त्रकाे वकालत गर्दै आइरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline