थाईल्याण्ड बिरुद्ध नेपालले दियो एक सय २३ रनको लक्ष्य

थाईल्याण्ड बिरुद्ध नेपालले दियो एक सय २३ रनको लक्ष्य

  • आइतवार, माघ ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डसामु १ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाली महिला क्रिकेट टोली निर्धारित २० ओभरमा १ सय २२ रन बनाउँदा अलआउट भयो। पावर प्लेमा उत्कृष्ट सुरुवात गरेको नेपाली टोली मध्यक्रममा सम्हालिन सकेन। नेपालले ५.४ ओभरमा ५२ रन बनाएको थियो।

ओपनर सम्झना खड्का ११ बलमा ६ चौका सहयोगमा २६ रन बनाउँदा क्याच आउट भइन्।

अर्की अ‍ोपरन विन्दु रावल ४४ रनमा आउट भइन्। ५६ बलमा ६ चौका प्रहार गरेकी विन्दुको यो अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन हो। यसअघि उनको सर्वाधिक रन २८ रन थियो। १० बलमा २ छक्का र १ चौका प्रहार गरेकी रुविना क्षेत्री १७ रन बनाउँदै पेभेलियन फर्किइन्।

पूजा महतो १२ रन बनाउँदा आउट भइन्।

थाइल्यान्डका लागि चिपात्चा पुथावंगले २ विकेट लिइन्। चनिदा पुथ्थावोङ, सुनिपोन लाओमी र सुनिदा चतुरोग्राटानाले समान एकरएक विकेट लिए।

थाइल्यान्डले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी