४ माघ, काठमाडौं । नेपालले महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा आज थाइल्यान्डलाई बलियाे चुनाैति प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन जाेडेर १२३ रनकाे चुनाैति पेस गरेकाे हाे । नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन जाेडिन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रनकाे याेगदान गरिन् ।
थाइल्यान्डका लागि थिपात्चा पुथावङवले सर्वनधिक विकेट लिइन् । उनले ४ विकेट लिइन् । ओनिचा काम्चोम्फुले २ लिइन् भने सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले १-१ विकेट लिए । अहिले थाईल्याण्डले जवाफी ब्याटिङ गरिरहेकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline