टी–२० विश्वकप छनौट अन्तर्गत नेपालले पहिलो खेल थाईल्याण्ड बिरुद्ध खेल्दै

टी–२० विश्वकप छनौट अन्तर्गत नेपालले पहिलो खेल थाईल्याण्ड बिरुद्ध खेल्दै

  • आइतवार, माघ ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

आजबाट काठमाडौँमा सुरु आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर पहिले बलिङ रोजेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले ब्याटिङ गर्ने भएको हो।

नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा अहिलेसम्मकै ठुलो क्रिकेट प्रतियोगिता आयोजना गरेको हो।
ग्लोबल छनोटमा नेपाली टोली समूह बीमा छ। नेपाल रहेको समूहमा थाइल्यान्ड, जिम्बाबे, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन्।

यस्तै समूह एमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, नामिबिया र अमेरिका छन्।

सुपर सिक्सबाट छानिने चार टोलीले विश्वकपमा स्थान बनाउने छन्।

नेपालको खेलाडीहरु
विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, पूजा महतो, इन्दु बर्मा (कप्तान) , रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा र सुमन विष्ट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी