बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

  • बिहिबार, माघ १, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

धरान (सुनसरी), १ माघ : प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यही माघ २२ गतेदेखि हुने भएको छ ।

धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गरिरहेको प्रतियोगिताअन्तर्गत यस वर्षको प्रतियोगिता यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ ।

आज पत्रकार सम्मेलनमार्फत गतवर्ष आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यसवर्ष १० वटा टोलीको सहभागिता रहने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद रु १० लाख प्राप्त गर्ने छन् भने उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होण्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५/२५ हजारका दरले प्रदान गरिने क्लबका महासचिव नवीन राईले जनाकारी दिनुभयो । साथै सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने राईले बताउनुभयो ।

यस वर्ष प्रतियोगितामा एनआरटी क्लब काठमाडाँै, चर्च ब्वाइज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, रोयल थिम्फु क्लब भुटान, जर्जियन क्लबका लेम्पुङ भारत, एलए क्लबपोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाटेड क्लब काठमाडौँ, झापा–११ झापा र धरान फुटबल क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी