तरुल, फलफूल, सेल, तरकारीलगायतका परिकार मिलाएर बनाइएको उपहार दिइन्लाछ । जसलाई मगर समुदायमा मिश्रा वा निस्रो (उपहार वा प्रसाद) दिने भनेेर भन्ने चलन छ ।
१ माघ, काठमाडाैं । आज माघे सङ्क्रान्ति पर्व परेकाे छ । मगर समुदायल् याे पर्वलाई मकर सङ्क्रान्तिकाे रूपमा मनाइन्छ ।
हरेक वर्षझैं काठमाडौंमा बसोबास गर्दै आएका मगरहरूले सांस्कृतिक र्याली निकालेका छन् । र्याली भृकुटीमण्डपबाट टुँडिखेल पुगेर महाेत्सवमा परिणत भएकाे छ । महाेत्सव नेपाल मगर संघले आयाेजना गरेकाे हाे ।
महाेत्सवमा साँसकृतिक झाँकी, भेषभुषामा सजिएका सबै उमेरका मानिसहरू जम्मा चएर नाचगान गरेर रमाइलाे गर्ने र माैलिक खानेकुरा खाने गर्दछन् । आज सरकारले सार्वजनिक बिदा समेत दिएकाे छ ।
सङ्क्रान्तिमा मगर जातिका कुलदेवताको पूजाआजा गरिन्छ । मुख्यत: मगर जातिमा चेलिबेटीको चाड हो । सङ्क्रान्ति मगर जातिका कुलदेवताको पूजाआजा गरिन्छ । चेलीलाई पुज्न माघे सङ्क्रान्तिको दिन बिहान दाजुभाइले नुहाएर खालीपेटमा कुल–कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई टीका लगाइदिएर दान दक्षिणा र उपहार दिने चलन छ ।