खेलकुद क्षेत्रका चुनौती सम्बोध गर्न ‘पेसएक्स स्पोटर्स’

खेलकुद क्षेत्रका चुनौती सम्बोध गर्न ‘पेसएक्स स्पोटर्स’

  • बुधबार, पुस ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौँ, ३० पुस : नेपाली खेलकुद क्षेत्रको विकासमा देखिएका चुनौती सम्बोधन गर्ने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ कार्यक्रम घोषणा गरिएको छ । सो कार्यक्रमका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा संस्थाको संस्थापक अध्यक्ष सङ्गीता कर्णले खेलकुदलाई शिक्षा, जीवनशैली र राष्ट्रिय विकासको अभिन्न अङ्गका रूपमा स्थापित गर्ने उद्देश्यले कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

“प्रतिभावान् खेलाडीको पहिचान गरी उनीहरूको शारीरिक, मानसिक र नैतिक विकास गर्दै स्थानीय तहबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने स्पष्ट मार्ग निर्माण गर्नु संस्थाको मुख्य उद्देश्य हो”, अध्यक्ष कर्णले भन्नुभयो ।

‘पेसएक्स स्पोटर्स’लाई प्रशिक्षण केन्द्रमा सीमित नराखी खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र तथा खेलकुदसँग सम्बन्धित निकायलाई जोड्ने साझा मञ्च कारूपमा विकास गर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ ।

‘पेसएक्स स्पोटर्स’अन्तर्गत प्रतिभा पहिचान र विकास, खेलाडीको समग्र विकास, विद्यालय तथा कलेज खेलकुद, कार्यस्थल आधारित खेलकुद तथा स्वास्थ्य कार्यक्रम, प्रतियोगिता तथा सामुदायिक संलग्नतालगायत गतिविधि सञ्चालन गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी