३० पुस, काठमाडाैं । अमेरिकाले हालै मात्र भेनेजुएलाका राष्ट्रपति निकाेलस मादुराे र उनका धर्मपत्नी सिलसया फ्लाेरेसलाई राजधानी काराकासबाट मध्यराति हतियारधारी फाेर्सकाे सहायता कब्जामा लिई अमेरिका पुर्याएकाे घटनाका विराेधमा काठमाडाैंमा लगातार विराेध भइरहेकाे छ ।
बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबार काठमाडाैंमा कार्यक्रम गरेकाे विराेध गरेकाे छ । माइतीघर मणडलामा भएकाे कार्यक्रममा राजनीतिक विश्लेषक, कानूनविद्, नागरिक अगुवा तथा अभियान्तहरूले अमेरिकाले सार्वभाैम र स्वतन्त्र मुलुक भेनेजुएलाका राष्ट्रपति र उनकी श्रीमतीलाई रातकाे समयमा सैन्य आक्रमण गरेर विस्ताराबाट कब्जामा लिई अमेरिका पुर्याएर मुद्दा चलाएकाे घटना निन्दानीय मात्र नभई अमावीय रहेकाे बताए । उनीहरूले मादुराे दम्पत्तिलाई बिना सर्त तुरून्त भेनेजुयला फर्काउन माग समेत गरे ।
एक स्वतन्त्र मुलुकले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेमा संयुक्त राष्ट्र संघ (यूएन)ले हेर्ने व्यवस्था रहेकामा यूनलाई नै कब्जामा राख्ने गरी भेनेजुएलाका राष्ट्र प्रमुखलाई नियन्त्रणमा लिनु मानवताविराेध हर्क भएकाे बताए । यूएनले तत्काल अमेरिकाकाे कदम खारेज गर्नुपर्ने बताए । भेनेजुयलामा रहेकाे अथाह तेल खानी कब्जा गर्ने याेजनासाथ अमेरिकी साम्राज्यवादले भेनेजुयलामाथि सैन्य हस्तक्षेप गरेकाे भन्दै वक्ताहरूले कडा शब्दमा विराेध गरे ।
दम्पत्तिविरूद्ब न्युयाेर्कमा पुर्याएर एक अदालतमा लागु ओैषध काराेवारी र तस्करीसम्बन्धी मुद्दा चलाउने तयारी गरिएकाे अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । पछिल्लाे समयमा भेनेजुयलामा अमेरिकाका राष्ट्रपति डाेनाल्ड ट्रम्पले आफूले भनेजस्ताे सरकार गठन गर्ने र त्यसलाई नमाने सैन्य हस्तक्षेप गर्ने धम्की दिँदै आइरहेका छन् । जसकाे विश्वका धेरै मुलुकले विराेध गरिरहेका छन् ।
यसअघि नेपालबाट नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले लगायत दर्जन बढी दलहरूले अमेरिकी कदमकाे विराेध गरिसकेका छन् ।
