एसबीआई बैंककाे सिन्धुली शाखा लुटपाट, फरार कैदी संलग्नताकाे आशंका

एसबीआई बैंककाे सिन्धुली शाखा लुटपाट, फरार कैदी संलग्नताकाे आशंका

  • मङ्लबार, पुस २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

२९ पुस, काठमाडाैं । एसबीआई बैंककाे सिन्धुली शाखा लुटपाट भएकाे छ । मंगलबार साँझ ७ बजेतिर चार पाँच जनाकाे समूहमा आएका नकाबधारीहरूले सुरक्षा गार्डलाई कुटपिट गरी नियन्त्रणमा लिएर शाखामा रहेकाे नगद, सुनका गहना लुटेर फरार भएका छन् ।

बैंक शाखा सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको थियाे । फरारमध्ये लुटपाटमा संलग्नताकाे आशंकामा एक जना व्यक्ति गाडिसहित पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । कति रकम लुटपाट भयाे भन्नेबारे अनुसन्धान भइरहेकाे र फरारकाे खाेजी नाका बन्द गरेर खाेजी भइरहेकाे प्रहरीकाे भनाइ छ ।

लुटपाटमा जेन जी आन्दाेलनका क्रममा जेलबाट भागेका कैदी र  प्रहरीबाट खाेसिएका हतियार प्रयाेग भएकाे आशंका गरिएकाे छ । भागेकामध्ये अझै ४ हजार कैदी जेल फिर्ता भएका र दर्जनाैं हतियार फिर्ता हुन बाँकी रहेकाे सुरक्षा अधिकारीहरूले बताइरहेका छन् । आगामी प्रतिनिधिसभाबाे चुनावमा उक्त हतियार र कैदी चुनाैति हुन सक्ने सुरक्षा निकायले अनुमान गर्दै आइरहेकाे छ ।

फरार कैदीमा पाँच जना त पुनः हत्यामा संलग्न भएका सबुदसहित पक्राउ समेत परिसकेका छन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ