‘दशौँ राष्ट्रिय खेलकुदको तयारी गर्नुस्, हामी सघाउँछौँ’

‘दशौँ राष्ट्रिय खेलकुदको तयारी गर्नुस्, हामी सघाउँछौँ’

  • मङ्लबार, पुस २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

कर्णाली, २९ पुसः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा लाग्न अनुरोध गर्नुभएको छ ।

खेलकुदमन्त्री गुप्तासहितको प्रतिनिधि मण्डलसँग आज सुर्खेत वीरेन्द्रनगरस्थित आफ्नै कार्यकक्षमा भएको छलफलमा मुख्यमन्त्री कँडेलले प्रतियोगितको मिति मात्र तोकेर नहुने भन्दै सङ्घीय सरकारले आफ्नोतर्फबाट तयारी गर्न सुझाव सुझाउनुभयो । उहाँले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्न प्रदेश सरकार तयार रहेको र प्रतियोगितालाई सफल बनाउनसमेत पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छलफलमा उहाँले सङ्घीय सरकारले पटकपटक मिति तोके पनि अहिलेसम्म प्रतियोगिताको पूर्वतयारी नगरेकोमा असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरू खेलकुद खेलाउने गरी आउनुस्, हाम्रोतर्फबाट पूर्ण सहयोग रहन्छ तर पटकपटक मिति तोकेर नागरिकलाई भुक्याउने काम नगर्नुस् । अहिलेसम्म खेलका लागि चाहिने सामान खरिद प्रक्रियासमेत गर्नुभएको रहनेछ । अब एक महिनामा कसरी खेल खेलाउने गरी तयारी गर्नुहुन्छ ।”

मुख्यमन्त्री कँडेलले खेलकुदका लागि चाहिने सामाग्रीसमेत खरिद नगरेको भन्दै फागुनमा कसरी खेल खेलाउनुहुन्छ भन्ने प्रश्नसमेत मन्त्री गुप्तालाई गर्नुभयो । उहाँले कर्णालीमा खेल उद्घाटन गरेर अन्तै खेलाउने काम गरेमा प्रदेश सरकारले स्वीकार नगर्ने जिकिर गर्नुभयो । पटकपटक मिति तोकेर खेल नगराउने तर प्रदेश सरकारको जिम्मा छोड्ने कामले जनतालाई ढाट्ने काम भइरहेको उहाँको भनाइ थियो ।

युवा तथा खेलकुदमन्त्री गुप्ताले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आवश्यक तयारी भइरहेको बताउँदै प्रदेश सरकारलाई सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी प्रतियोगिता सञ्चालनको तयारी गरिरहेका छौँ । खेल सम्पन्न गर्न प्रदेश सरकारको विशेष भूमिका चाहिन्छ ।” उक्त छलफलमा वन तथा वातावरण र भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाई र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी