शहीद जेन जीहरूकाे सम्झनामा काठमाडाैंमा द्वीप प्रज्वलन (तस्बिरहरू)

शहीद जेन जीहरूकाे सम्झनामा काठमाडाैंमा द्वीप प्रज्वलन (तस्बिरहरू)

  • बुधबार, पुस २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

शहीद जेन जीहरूकाे सम्झनामा काठमाडाैंमा द्वीप प्रज्वलन गरिएकाे छ । बुधबार साँझ नयाँबानेश्वरस्थित संसद भवनकाे मुख्य द्वारमा दर्जनाैं जेन जीहरू सहभागी भई द्वीप प्रज्वलन गरेर शहीदहरूकाे स्मरण गरे । शहीदकाे सपना पूर गरिछाड्ने अठाेट व्यक्त गरे । भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

सहभागी अगुजुवाहरूले जेन जीहरूकाे विद्राेहकाे बलमा गठन भएकाे सुशिला कार्की नेतृत्वकाे सरकारले शहीदकाे सपना र उद्देश्य कुल्चने र घाइतेहरूलाई निराश पार्ने काम गरेकाे बताए । अहिलेकाे सरकार विघटन गरी जेन जी हत्या र भ्रष्टचारीलाई कारवाही गर्न सक्ने सरकार गठन गर्न माग गरे । चुनाव नै समाधान हुन नसक्ने भन्दै सरकारलाई चुनाव चुनाव चेतवानी समेत दिए ।

प्रतिबन्धित सामाजिक सञ्जाल खाेल्न र भ्रष्टचारीलाई कारवाही गर्न माग राखेर गत भदाै २३ र २४ गते नव युवाहरूले गरेका प्रदर्शनमा ततत्कालिन सरकारकाे निर्देशनमा संसद भवन अगाडि बर्बर तरिकाले गाेली प्रहार गर्दा २३ गते १९ जना मारिएका थिए । सयाैं जना घाइते भएका थिए । पछि मारिने संख्या ७८ पुगेकाे छ ।
हत्या घटनाबारे गठित जाँचबुझ आयाेगले घटनामा ‘संलग्नता’हरूसँग बयान लिने काम सकेर प्रतिवेदन लेख्ने काम गरिरहेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ