शीतलहरबाट प्रभावित रौतहटका विपन्न दलितलाई कम्बल वितरण

शीतलहरबाट प्रभावित रौतहटका विपन्न दलितलाई कम्बल वितरण

  • आइतवार, पुस २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

रौतहट, २० पुसः जिल्लास्थित विपत् व्यवस्थापन समितिले शीतलहरबाट प्रभावित विपन्न दलित तथा असहाय घरपरिवारलाई न्यानो कपडा ‘कम्बल’ वितरण गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालले आफ्नो २५औँ स्थापना दिवसका अवसरमा आज बौधिमाई नगरपालिका–७ स्थित रामवस्तीका ६९ घरपरिवार र इसनाथ नगरपालिका–४ का ७० घरपरिवारलाई न्यानो कपडा बाँडेको हो ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शीतलहरका कारण विशेषगरी दलित तथा विपन्न परिवार प्रभावित भएकाले पहिलो चरणमा आज १३९ थान कम्बल वितरण गरेको जानकारी दिनुभयो ।

जिल्लास्थित सुरक्षा संयन्त्रमार्फत प्रभावित समुदायलाई कम्बल बाँड्न लागको बताउँदै आवश्यक देखिए थप न्यानो कपडाको प्रबन्ध गर्न समिति तयार रहेको स्पष्ट गर्नुभयो ।

विपत् व्यवस्थापन समितिले मानवीय सेवाअन्तर्गत बढ्दो चिसोबाट प्रभावित जिल्लाका दलित समुदायलाई राहत वितरणमा सहयोग गर्ने उद्देश्यका साथ प्रदान गरेको ५०० थान कम्बलमध्ये सशस्त्र प्रहरी बल र नेपाली सेनालाई २०० का दरले ४०० थान र नेपाल प्रहरीलाई ६० थान तथा बाँकी ४० जान जगेडामा राखेको जनाएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको प्रमुख उपस्थितिमा सशस्त्र प्रहरी बल नेपालका प्रमुख एवं गणपति रामहरि अधिकारीले दलित एवं विपन्न परिवारलाई कम्बल बाँडेको बिओपी सरमुजवाका सशस्त्र प्रहरी निरीक्षक पर्शुराम लामिछानेले जानकारी दिनुभयो ।

यसैगरी, बिओपी रामपुरखापकीका सशस्त्र प्रहरी निरीक्षक मन्दिरा सुवालका अनुसार दलित तथा विपन्न घरपरिवारलाई लक्षित गरी वितरण गर्न लागिएको ५०० कम्बलमध्ये सशस्त्र प्रहरीलाई प्राप्त २०० थानमध्ये १३९ वटा बाँडेको र बाँकी सोमबार र मङ्गलबारसम्म प्रभावित घरपरिवारसमक्ष पु¥याइनेछ ।

रौतहटसहित मध्यतराई क्षेत्रमा १५ दिनदेखि राम्रोसँग घाम नलाग्दा बढेको चिसोबाट विशेषगरी गरिब, विपन्न तथा असहाय घरपरिवार प्रभावित भएको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो ।

सशस्त्र प्रहरी बलका गणपति अधिकारीका अनुसार राज्यकोतर्फबाट कम्बल वितरण सुरु भएपछि दलित तथा विपन्न घरपरिवारका पनि विशेषगरी रोगबाट प्रभावित, वृद्धवृद्धा, बच्चाबच्ची र सुत्केरी खुसी देखिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ