पाँच महिनामा भारत र बंगलादेशमा १८ अर्ब बढीको बिजुली निर्यात

पाँच महिनामा भारत र बंगलादेशमा १८ अर्ब बढीको बिजुली निर्यात

  • शुक्रबार, पुस १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

चालू आर्थिक वर्ष ०८२-८३ को पाँच महिनामा भारत र बंगलादेशमा नेपालबाट १८ अर्ब २६ करोड ७० लाख रुपैयाँको बिजुली निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनदेखि मंसिरसम्म दुई हजार ७१४ गिगावाट आवर विद्युत् निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो । गत आवको पहिलो पाँच महिनामा भने १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात भएको थियो ।

सुक्खायामका कारण उत्पादन घटेपछि गत आवको पुसको पहिलो साताबाट निर्यात स्थगन गरेर आयात सुरु गरिएको थियो । यो वर्ष पनि पुस लागेसँगै आंशिक मात्रै निर्यात भएको छ । आयात भने गत मंसिर तेस्रो सातादेखि नै भइरहेको छ । अहिले चार सय मेगावाटसम्म विद्युत् आयात भइरहेको छ ।निर्यात हुने बिजुलीको परिमाण बढेसँगै आम्दानी पनि बढेको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।

गत वर्ष भारतमा आठ–नौ सय मेगावाट हाराहारीमा विद्युत् निर्यात भएको थियो । गत वर्ष बंगलादेशतर्फ कात्तिक ३० गते मात्रै ४० मेगावाट विद्युत् निर्यात भएको थियो । यसपालि पूर्वसम्झौताअनुसार नै बंगलादेशमा असार १ देखि कात्तिक ३० गतेसम्म निर्बाध रूपमा ४० मेगावाट विद्युत् निर्यात भयो । त्योबाहेक भारतीय बजारमा १२ सय मेगावाटसम्म विद्युत् निर्यात भएको थियो । यसरी निर्यात गरिने विद्युत्को परिमाण बढेपछि आम्दानी पनि बढेको प्रवक्ता ढकालले बताए ।आन्तरिक उत्पादन घटेसँगै प्राधिकरणले आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिरहेको छ ।

‘अहिले विद्युत्को माग २१–२२ सय मेगावाटसम्म छ । उत्पादन पनि दुई हजार मेगावाट हाराहारीमा छ । भारतमा सस्तो हुँदा विद्युत् आयात गरेर खोलामा पानी जम्मा गर्छौँ । भारतमा बिजुली महँगो भएका वेला आन्तरिक उत्पादन बढाउँछौँ,’ स्रोतले भन्यो, ‘कुनै वेला विद्युत् आयात र कुनै वेला आंशिक निर्यात हुने गरेको छ । निर्यातभन्दा आयात नै धेरै छ । उत्पादन घट्दै गएका कारण सम्भवतः अबको केही दिनमा विद्युत् निर्यात रोकिन्छ । आयात भने निरन्तर रहन्छ ।’

नेपालका अधिकांश जलविद्युत् आयोजना नदीप्रवाह मा आधारित छन् । त्योअनुसार बर्सातमा खोलामा पानी बढी हुँदा विद्युत् उत्पादन पनि बढी हुन्छ, जुन समयमा भारतमा बिजुली निर्यातसमेत गर्न सकिन्छ । हिउँदमा खोलामा पानी कम हुँदा भने विद्युत् उत्पादन पनि स्वतः कम हुन्छ, त्यसवेला भने यहाँको माग धान्न भारतबाटै विद्युत् आयात गर्नुपर्छ ।

यो वर्ष बंगलादेशबाट विद्युत् बिक्री गरेर ९४ लाख ३६ हजार डलर आम्दानी भएको छ । प्राधिकरणले जुन १५ देखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत् निर्बाध रूपमा दिने गरी बंगलादेशसँग सम्झौता गरेको थियो ।

त्यसमा नेपालले प्रतियुनिट ६.४० सेन्ट पाउनेछ । यो वर्ष असारदेखि कात्तिकसम्म १४७.४३ गिगावाट आवर अर्थात् १४ करोड ७४ लाख ३० हजार युनिट बिजुली निर्यात भएको छ । त्यसबापत ९४ लाख ३६ हजार डलर आम्दानी भएको प्रवक्ता ढकालले बताए । योसहित मंसिरसम्म विद्युत् निर्यातबाट १८ अर्ब २६ करोड ७० लाख रुपैयाँ आम्दानी भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी