ओखलढुंगाको चिसंखुगढीमा श्रीमान श्रीमतीकै हत्या, अनुसन्धान गर्दै प्रहरी

ओखलढुंगाको चिसंखुगढीमा श्रीमान श्रीमतीकै हत्या, अनुसन्धान गर्दै प्रहरी

  • बुधबार, पुस १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

ओखलढुंगामा श्रीमान् श्रीमतीको विभत्स हत्या भएको छ । चिशङ्खुगढी गाउँपालिका–६ भदौरे निवासी ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको मंगलबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

बाहिरबाट बोलाउँदा कुनै पनि प्रतिक्रिया नआएपछि घरभित्र पसेर हेर्दा दुवैलाई मृत अवस्थामा फेला पारिएको छिमेकीले बताएका छन्।

घटना अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार प्रहार गरेर दम्पतीको हत्या गरेको देखिएको छ।

‘घटना अनुसन्धान गर्न कोसी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखा धरानबाट तालिम प्राप्त कुकुर समेत लगिएको प्रहरीले जनाएको छ ।

मारिएका दम्पत्तिको छोराछोरी बाहिरै बस्ने गरेका थिए ।

हत्या कसले र किन गर्‍यो खुलेको छैन। दोषी पहिचानका लागि सम्भावित सबै कोणबाट छानबिन भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ