जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

  • शुक्रबार, पुस ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

अर्घाखाँची, ११ पुसः भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका–१० धनचौरबाट नुवाकोट गइरहेको लु२च ५१७९ नम्बरको जिप सोही नगरपालिका–७ छिर्लिङ खोला नजिक दुर्घटना हुँदा जिप चालक भूमिकास्थान–१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढामगरको मृत्यु भएको हो ।

घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । भूमिकास्थान नगरपालिकाले आजदेखि आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन गएका विद्यार्थी सवार जिप दुर्घटना भएको हो । दुर्घटनापछि प्रतियोगिताअन्तर्गतका आजका सबै खेल स्थगन भएका गरिएका नगरपालिकाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी