बुहारी हत्या प्रकरण : ससुरा सहितका अभियुक्त जेल चलान

बुहारी हत्या प्रकरण : ससुरा सहितका अभियुक्त जेल चलान

  • बुधबार, पुस ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

रौतहट । बृन्दावन नगरपालिका–९ भुसाहा टोल बस्ने ७५ वर्षीय शेख महमद अली र सहोदर दाइ शेख आश महमदलाई जिल्ला अदालत रौतहटले कारागार चलान गर्ने आदेश गरेको छ। उनीहरू गत मंसिर ८ गते आफ्नो १८ वर्षीया बुहारीलाई हत्या गरेर घरभित्रै खाल्डोमा पुरेर हत्या गरि बेपत्ता भएका थिए।

मृतक १८ वर्षीया तरिमा खातुनको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुईजना प्रतिवादीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार २०८२ मंसिर ९ गते बिहान गुजरा नगरपालिका–७ बस्ने तरिमाका बाबुले छोरी विगतदेखि नै ससुराली पक्षबाट शारीरिक तथा मानसिक यातना भोग्दै आएको र मंसिर ८ गते रातिदेखि बेपत्ता भएको जानकारी प्रहरीलाई दिएका थिए।

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटिएको संयुक्त प्रहरी टोलीले तरिमाको ससुराली घरमा खोजतलास गर्दा परिवारका सदस्यहरू घरमा नदेखिएपछि शंका उत्पन्न भएको थियो। घरभित्र एक कोठामा रगतका दाग तथा भुइँमा गाडिएको टाटो लिपोट गरिएको देखिएपछि प्रहरीले घर वरिपरि व्यापक खोजबिन गरेको थियो। सो क्रममा घर कम्पाउण्डको एक कुनामा भुसको थुप्रो पछाडि जमिन भासिएको देखिएपछि उत्खनन गर्दा करिब पाँच फिट जमिन मुनि बोरा पोको पारी राखिएको अवस्थामा तरिमा खातुनको शव फेला परेको प्रहरीले जनाएको छ।

उक्त घटनासम्बन्धमा गुजरा नगरपालिका–७ पटुवास्थित शेख टोल बस्ने शेख ताज महमदको जाहेरीका आधारमा नेपाल सरकार वादी र बृन्दावन नगरपालिका–९ भुसाहा टोल बस्ने शेख महमद अलीसहितका व्यक्तिविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ