महिला टी–२० ग्लोबल छनौटमा नेपालले पहिलो खेल थाईल्याण्ड बिरुद्ध खेल्ने

महिला टी–२० ग्लोबल छनौटमा नेपालले पहिलो खेल थाईल्याण्ड बिरुद्ध खेल्ने

  • मङ्लबार, पुस ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

आईसीसी महिला टी–२० विश्वकपअन्तर्गत ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने भएको छ।

घरेलु मैदानमा हुने ग्लोबल छनोटमा नेपालले माघ ४ गते थाइल्यान्डविरुद्ध खेल्नेछ। दोस्रो खेलमा माघ ८ मा नेदरल्यान्डसँग खेल्नेछ। माघ १० मा जिम्बावेसँग र माघ १२मा स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ।

ग्लोबल छनोटमा नेपाल समूह ‘बी’मा छ। नेपाल रहेको समूह ‘बी’मा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाव्वे र नेदरल्यान्ड छन्।

ग्लोबल छनोटअघि नेपालले अभ्यास खेल खेल्नेछ। अभ्यास खेलमा जनवरी १४ मा आयरल्यान्डसँग तल्लो मूलपानी मैदानमा खेल्नेछ। १६ तारिखमा अमेरिकासँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्नेछ।

इङल्यान्ड र वेल्समा हुने टी–२० महिला विश्वकपको ग्लोबल छनोट आगामी जनवरी १४ देखि १ फेब्रुअरीसम्म हुनेछ। छनोटका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी