४ पुस, काठमाडौं । सर्वोच्च अदालतले सरकार र जेनजीबिच भएको सम्झौताविरुद्ध दायर रिटमा शुक्रबार कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारको नाममा आदेश जारी गरेको हो । उसले जवाफ महान्यायाधिवक्ता कार्यालयमार्फत पेश गर्न भनेकाे छ ।
सरकार र जेनजीबीच गत मंसिर २४ गते १० बुँदे सम्झौता भएको थियो । उक्त सम्झौताविरुद्ध अधिवक्ताहरू सुदिप भण्डारी, रोहित ओझा र कानुनका विद्यार्थी लगायतले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
जेन जी आन्दाेलनकाे बलमा बनेकाे वर्तमान अन्तरिम सरकारलाई सम्झौताको अधिकार नभएको जिकिर रिटमा गरिएको छ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline