३ पुस, काठमाडौं । सरकारले जेन जी आन्दाेलनमा तत्कालिन सरकारले मच्चाएकाे नरसंहारकाे सत्यतथ्य अनुसन्धान गरी प्रतिवेदन तयार पार्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । आज बेलुका बसेकाे मन्त्रिपरिषद बैठकले म्याद थप गर्ने निर्णय गरेकाे हाे ।
पूर्व न्यायाधीश गाैरीबहादुर कार्की नेतृत्वकाे ३ सदस्यीय आयाेगले तत्कालीन प्रम केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतकाे बयान लिन बाँकी रहेकाे र प्रतिवेदन तयार पार्न समय लाग्ने जनाएपछि आयाेगकाे आग्रहबमाेजिम म्याद थप गरिएकाे हजनाइएकाे छ ।
आन्दाेलनमा विद्यालयका छात्रसहित ७८ जनाकाे तत्कालिन सरकारका प्रमुख ओलीकाे याेजना र गृहमन्त्री लेखककाे निर्देशनमा प्रहरीले गाेली हानी हत्या गरेकाे आराेप छ ।
प्रहरीका तत्कालीन प्रमुखदेखि फिल्ड कमान्डर, जवान लगायत गृहसचिव, काठमाडाैं सिडिओकाे बयान भइसकेकाे छ