बाँके, बर्दिया र दाङमा बाघ गणना पुस ९ गतेबाट गरिने

बाँके, बर्दिया र दाङमा बाघ गणना पुस ९ गतेबाट गरिने

  • मङ्लबार, पुस १, २०८२
  • मिर्मिरे अनलाइन

  • 703
    SHARES

बर्दिया — यस वर्ष पुस ५ गतेबाट बाघको गणना गरिने भनिए पनि ९ गतेबाट हुने भएको छ । मंगलबार बर्दिया निकुञ्जमा बसेको बैठकले पुस ९ गतेबाट बाघ गणना गरिने जाकारी दिएको हो ।

प्राविधिक कारणले निर्धारित समय सारिएको निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । ‘पुस ७ र ८ गते बाघ गणनासम्बन्धी तालिम गरिने छ,’ उनले भने, ‘बाघ गणनाका लागि आवश्यक तयारी भइसकेको छ ।’ दाङ, बाँके र बर्दियामा एकै साथ बाघको गणना गरिने भएको छ । क्यामेरा ट्र्यापिङ प्रविधिबाट गणना गरिन्छ । यस वर्ष पहिलो पटक दाङमा बाघ गणना गरिने भएको छ । बाँके निकुञ्जको सीमा पर्ने भएकोले यहाँ पनि बेला बेलामा बाघ देखिने गरेकोले गणना गर्न थालिएको बर्दिया निकुञ्जले जनाएको छ ।

दाङमा एउटा बल्क राखिने भएपनि निकुञ्जले थप एक ब्लक राख्ने भएको छ । अब दाङ, बाँके र बर्दियामा गरी २/२ वटा गरी ६ वटा बल्क राखिने भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तूम्फाहाम्फेले बताए । बाघ गणनाका लागि करिब ४ सय ५० क्यामेराको प्रयोग गरिने कोषका प्रमुख तुम्फाहाम्फे बताए । निकुञ्जमा हरेक चार वर्षमा बाघको गणना हुने गर्छ । राष्ट्रिय निकुञ्ज वन्यजन्तु विभाग र विश्व वन्यजन्तु संरक्षण कोष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संयुक्त प्राविधिक टोलीले क्यामेरा ट्र्यापिङको सहयोगमा गणना गरिने भएको छ । बर्दिया निकुञ्ज बाहेक खाता जैविकमार्ग र आसपासका क्षेत्रमा बाघको गणना हुने भएको जनाएको छ । बाघ गणनाका लागि खटिने प्राविधिक टोलीलाई दिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ