२७ मंसिर, काठमाडाैं । कीर्तिपुरकाे त्रिवि क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) दाेस्राे संस्करणअन्तर्गत आज सम्पन्न भएकाे फाइनल खेल जितेर लुम्बिनी लायन्सले उपाधि उचालेकाे छ । उसले प्रतिस्पर्धी सुदूरपश्चिम राेयल्सलाई सजिलै हराएर उपाधि उचालेकाे हाे ।
पहिलाे ब्याटिङ गरेर सुदूरपश्चिले दिएकाे ८५ रनकाे कमजाेर चुनाैति निर्धारित २० ओभरमा ४ विकेट मात्र गुमाएर ९ ओभरमै पुरा गर्याे । सुदूरपश्चिम दाेस्राे र लुम्बिनी पहिलाे स्थान हासिल गरेकाे छ । फाइनल जित्नेले १ कराेड १० लाख नगद र कप प्राप्त गर्नेछ ।
लुम्बिनीका कप्तान राेहित पाैडेल हुन् भने सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी हुन् । राष्ट्रिय टिममा पाैडेल कप्तान छा् भने ऐरी उपकप्तान छन्
याेसँगै महिना दिनदेखि जारी सिद्धार्थ बैंक एनपीएल महासंग्राम सकिएकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline