२७ मंसिर, काठमाडाैं । कीर्तिपुर क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) दाेस्राे संस्करणअन्तर्गत आज भइरहेकाे फाइनल खेलमा सुदूरपश्चिम राेयल्सले लुम्बिनी लायन्सविरूद्ध झिनाे चुनाैति प्रस्तुत गरेकाे छ ।
याे चुनाैति यसअघि सबैभन्दा कम ७८ रन जाेडेभन्दा ७ रन मात्र बढी हाे । थाेरै रन जाेड्नेमा सुदूरपश्चिम दाेस्राेमा दर्ज भएकाे छ ।
पहिलाे ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा १९.१ ओभरमा सबै विकेट गुमाएर जम्मा ८५ रन मात्र जाेड्याे । अब लुम्बिनीले संस्करणकाे उपाधि जित्न ८६ रन जाेडे पुग्छ । त्याे सहज देखिन्छ ।
उसले जवाफी ब्याटिङमा उत्रिएकाे लुम्बिनीले ५ ओभरमा नै २ विकेटकाे क्षतिमा ६७ रन जािडसकेकाे छ । फाइनल जित्नेले १ कराेड १० लाख नगद र कप प्राप्त गर्नेछ । यस अवसर लुम्बिनीले प्राप्त गर्ने निश्चित प्रायः बनेकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline