एमाले महाधिवेशनकाे उद्घाटन सत्र सल्लाघारीमा, महासचिव पाेखरेलले भने- खरानीबाट उठ्दैछाैं

एमाले महाधिवेशनकाे उद्घाटन सत्र सल्लाघारीमा, महासचिव पाेखरेलले भने- खरानीबाट उठ्दैछाैं

  • शनिबार, मंसिर २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

२७ मंसिर, भक्तपुर । नेकपा (एमाले)काे ११ओैं महाधिवेशन भक्तपुरकाे सल्लाघारीस्थित चाैंरमा उद्घघाटन सत्र शुरू भएकाे छ ।
अहिले महासचिव शंकर पाेखरेलले स्वागत मन्तव्य दिशइरहेका छन् । उनले मन्तव्यका क्रममा गत भदाै २३ र २४ गतेकाे युवा विद्राेहप्रति विराेध धारणा राखेका छन् । सले युवाहरूकाे विद्राेहलाई स्वीकार गरेकाे छैन ।

२३ गतेकाे आन्दाेलनमा देशी विदेशी तत्वहरू घुसपैठ गरेर एमाले नेतृत्वकाे सरकारलाई ढालेकाे बताए । एमाले अझै जनतामाझ रहेकाे र खरानीबाट उठ्ने जमर्काे गरिरहेकाे बताए । एमाले अध्यक्ष  ओलीकै नेतृत्मावा रहेकाे सरकारले सामाजिक सञ्जाल बन्द गरेकाे र भ्रष्टाचार व्यापक बढाएकाे विराेधमा २३ र २४ गते सडकमा आएका युवाहरूमाथि बर्बर दमन गरेर गाेली बर्षाइ विद्यालयका छात्रछात्रासहित ७८ जनाकाे हत्या गरेकाे थियाे । सरका बस्न नसकेपछि ओली २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाकाे हेलिकाेप्टर चाढेर प्रमनिवास बालुवाटारबाट भागेर ज्यान बचाएका थिए । त्यसपछि गठित वर्तमान अन्नतरिम सरकारले ओलीलाई काठमाडाैं उपत्यकाबाहिर जान राेक लगाउँदै आइरहेकाे छ ।

साेहीकारण उसले पाेखरामा गर्ने भनिएकाे महाधिवेशन भक्तपुर । काठमाडाैंका गरेकाे हाे । अहिले विभिन्न दलबाट बाेलाइएका अतिथिहरूबाट शुभकामना सन्देश सुनाउने काम भइरहेकाे छ ।

उद्घाटन सत्र यहाँ गरिए पनि बन्द सत्र र पार्टी अभ्य चयन कार्य काठमाडाैंकाे भृकुटी मण्डपमा हुने जनाएकाे छ । अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलबीच प्रतिस्पर्धा हुने निश्चितप्रायः भएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ