संजीवनी हाेस्टल सञ्चालक भट्टराईकाे हृदयघातबाट ज्यान गयाे

संजीवनी हाेस्टल सञ्चालक भट्टराईकाे हृदयघातबाट ज्यान गयाे

  • शुक्रबार, मंसिर २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

२६ मंसिर, काठमाडाैं । शुक्रबार साँझ काठमाडाैंमा एक हाेस्टल सञ्चालककाे हृदयघातबाट ज्यान गएकाे छ ।

काेटेश्वरमा सञ्चालित संजीवनी ब्वाइज हाेस्टलका सञ्चालक ५४ वर्षीय कुलप्रसाद भट्टराईकाे मृत्यु भएकाे हाे । आज साँझ साढे ५ बजेतिर हाेस्टलमै काम गरिरहेका बेला ढलेका उनलाई तिनकुनेस्थित कान्तिपुर अस्पताल पुर्याइएकाे थियाे ।

त्यहाँ आकस्मिक कक्षमा राखेर उपचार गर्ने क्रममा मुटुकाे चाल बन्द भइसकेकाे अवस्था पाइएकाे थियाे ।

लगत्तै चिकित्सकले भट्टराईलाई मृत घाेषणा गरेका थिए । आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने मृतकका बहिनी ज्वाँइ अर्जुन पाैडेलले बताए । मृतकका श्रीमती र एक छाेरी छन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ