मंसिर २६, सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकाले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताए ।
सुर्खेतमा कर्णाली प्रदेशस्तरीय राजनीति प्रशिक्षण कार्यक्रममा अर्यालले अहिलेको सरकार यस विषयमा मौन रहेको बताएका हुन् ।
ुहामीले मानेको जनताको सरकार, नागरिकको सरकार किन मौन छ उनले भने, ुतत्कालीन सरकारले पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साधेर कारागार पुर्याएको हो तर, यो सरकारले त स्पस्ट धारणा बाहिर ल्याउनु पर्यो नि ।
ठूलो दलको नेतालाई कारागारमा राख्दै गर्दा अहिलेको सरकारले आफ्नो धारणा राख्न ढिला गरेको उनको भनाइ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline