देश एमाले र काँग्रेसले नै चलाउने हो, सरकार जेनजी सम्झौता भद्धा नाटक मात्र हो : ओली

देश एमाले र काँग्रेसले नै चलाउने हो, सरकार जेनजी सम्झौता भद्धा नाटक मात्र हो : ओली

  • बिहिबार, मंसिर २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

मंसीर २५ काठमाण्डौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब पनि एमाले र कांग्रेसले नै देश चलाउने बताएका छन्।
बिहीबार ११ औँ महाधिवेशनबारे सम्पादकहरुसँगको छलफलमा अहिले केही क्षणलाई ग्रहण लागेजस्तै मात्रै भएको भन्दै एमाले काँग्रेस बाहेक अरुले देश चलाउन नसक्ने बताए ।

‘एमाले र नेपाली कांग्रेस देशका दुई प्रमुख पार्टी हुन्,’ ओलीले भने, ‘ऐतिहासिक पार्टी हुन्। इतिहासमा योगदान गरेका, जनाधार भएका पार्टी हुन्। आज एकछिन सूर्यग्रहण लागे जस्तै हो।’

सरकार र जेनजीबीच भएको सम्झौतालाई ‘कलाविहीन भद्दा नाटक’को संज्ञा ओलीले दिएका छन् ।
जेनजी आन्दोलनको ३ महिनापछि बुधबार जेनजी प्रतिनिधिले सरकारसँग लिखित सहमित गरेका थिए।

‘हिजो एउटा कलाविहीन नाटक भयो, गोबर टाँसेको सरकारले त्यो नाटक गर्‍यो,’ ओलीले भने, ‘त्यहीँ अस्वीकार भयो, त्यहीँ च्यातिदियो, त्यसैले त्यो कलाबिहीन भद्दा नाटक हो।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ